काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड रुपैयाँ र कर्जा ५ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको फाइनान्सले जनाएको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।