काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ ।
आज नेप्से २५.४१ अंक घटेर दुई हजार ६०९.६७ विन्दुमा बजार बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ४.५५, फ्लोट इण्डेक्स १.६७ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक घटेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ भने कारोबारमा आएका २४३ मध्ये १९३ कम्पनीको शेयरमूल्य घटेको छ । ९३ कम्पनीको शेयर बढ्दा ६ वटा कम्पनीको शेयर भने स्थिर छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमा सर्किट लागेको छ भने न्यादी हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार ७ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।