शीर्षकहरू

जिल्ला अदालत काठमाडौँमा रवि लामिछानेको बयान जारी

जिल्ला अदालत काठमाडौँमा रवि लामिछानेको बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा बयान जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भैरहेको हो ।

आज काठमाडौं जिल्ला अदालतमा उनी आफैँ उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर बिहीबार रिहा भएका काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित भएका हुन् ।

सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।