शीर्षकहरू

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीलेसोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको नेप्से मार्फत जनाएको छ । 

अघिल्लो आवको मुनाफाबाट पनि गत वर्ष कम्पनीले कुनै पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले आव २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।