शीर्षकहरू

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर बिहीबार रिहा भएका काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

कास्की अदालतले धरौटीमा छुटेपछि भोलिपल्ट शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको थियो । यसैले उनी आज अदालत जान लागेका हुन् । सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।