शीर्षकहरू

रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढ्यो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब नाघ्यो

रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढ्यो, विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं ।  विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको ेछ ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको थियो । द्दद्द। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,९०,३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,३५,४२५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,७१,९७५ र १,०२,५४२ रहेको थियो ।

त्यस्तै,  चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मुलुकको विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा यस्तो सञ्चिति ११.४ प्रतिशतले बढ्दै २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ रहेको छ। गत असोज मसान्तसम्म यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रुपैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा आयात भएको खर्चको आधारमा प्राप्त सञ्चितिले १७.६ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवाको आयात खर्च धान्न पुग्ने स्थिति रहेको राष्ट्र बैंकले जनाएको छ ।