शीर्षकहरू

ऊर्जामन्त्रीले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन उच्चको आदेश

ऊर्जामन्त्रीले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन उच्चको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले ऊर्जामन्त्री दीपक खड्काले नियुक्त गरेका नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्य लक्ष्मण केसीलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठकोको इजलासले केसीलाई काम गर्न नदिन आदेश दिएको हो ।

अधिवक्ता जनार्दन जोशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । उच्चको यो आदेशसँगै केसीले मुद्दा किनार नलागेसम्म प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाउने छैनन्।