काठमाडौँ । माघेसंक्रान्ति नजिकिएसँगै काठमाडौँका तरकारी बजार तरुलमय भएका छन् । कालिमाटी तरकारी र बल्खुसहित कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गङ्गबु, तीनकुने , रत्नपार्क, कोटेश्वरलगायतका बजारमा तरुलको आपूर्ति ह्वात्तै बढेको छ ।
माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, कन्दमूललगायत जमिनमुनि फल्ने तरकारी खाएर मनाइन्छ । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रोड हुनुका साथै यो खाँदा छाला तथा स्वाशप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी समस्या, पाचन प्रक्रियासम्बन्धी समस्या लगायतका लागि हितकर हुन्छ ।