शीर्षकहरू

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ  । बिहिबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ ।

 बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २२७.१० अर्ब रुपैयाँ र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ । बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।