काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।
तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल बिके नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब ४०० जना भन्दा बढी अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।