शीर्षकहरू

सरकारको एकीकृत वित्तीय विवरण : राजस्व संकलनमा तीनै तह कमजोर

सरकारको एकीकृत वित्तीय विवरण : राजस्व संकलनमा तीनै तह कमजोर

काठमाडौँ । तीन तहको सरकारको वित्तीय विवरण सार्वजनिक भएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको गत आर्थिक वर्ष २०८०/८१ को संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरण सन्तोषजनक देखिएको छैन ।

विवरणअनुसार राजस्व संकलनमा तीनै तहका सरकार कमजोर देखिएका छन् । विवरणअनुसार स्थानीय सरकारले ४ खर्ब २३ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेका छन् । जसमा चालुतर्फ २ खर्ब ७९ अर्ब ६८ करोड ३७ लाख, पूँजीगततर्फ १ खर्ब ४३ अर्ब ७५ करोड ६३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३५ करोड २ लाख रुपैयाँ रहेको छ ।

संघीय सरकारले चालुतर्फ ९ खर्ब २९ अर्ब १२ करोड, पूँजीगततर्फ १ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७२ अर्ब २४ करोड तथा प्रदेश सरकारले चालुतर्फ ७२ अर्ब २ करोड  र पूँजीगततर्फ १ खर्ब १२ अर्ब ८ करोड खर्च गरेका छन् ।

तीनै तहले ११ खर्ब ४३ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् भने १६ खर्ब ८२ अर्ब ८ करोड रुपैयाँ खर्चिएका छन् ।

यस्तो छ तीन तहको सरकारको एकीकृत वित्तीय विवरण