शीर्षकहरू

नेशनल लाईफका ४०० भन्दा बढि अभिकर्ता इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक्षण पाए

नेशनल लाईफका ४०० भन्दा बढि अभिकर्ता इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक्षण पाए

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले  कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको कम्पनीले जनाएको छ । 

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे. सेन, मिहिर गोस्वामी, अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई  स्वागत गर्नु भएको थियो । कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकलका सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि  आफ्ना ग्राहकहरुसंग सँधै  सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए । 

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका मार्केटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागि भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।