शीर्षकहरू

इमाडोलबाट करिब ५० करोड रुपैयाँ बराबरको अवैध भेप बरामद

इमाडोलबाट करिब ५० करोड रुपैयाँ बराबरको अवैध भेप बरामद

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा अवैध भेप बरामद गरेको छ । बुधबार चीनबाट अवैध रुपमा भित्र्याइएका ती भेप बरामद गरिएको विभागका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

विभागका अनुसार उक्त भेपको बजार मूल्य करिब ५० करोड रुपैयाँसम्म हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त भेप चीनबाट अवैध तरिकाले रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साहले भित्र्याएको खुलेको छ । दुवै जना फरार रहेकाले खोजी कार्य जारी छ ।

विभागले उक्त घटनाबारे कानुनी  प्रक्रिया अगाडि बढाएको जनाएको छ।