शीर्षकहरू

महिला लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

महिला लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर पुस २५ गतेदेखि सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो ।

यी शेयरको मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । यी शेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।

यो शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।