रौतहट । बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।
सिमरा–काठमाडौ उडानको लागि २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार पुसको दोस्रो साता देखी नियमित उडानहरू प्रभावित भएको बताए ।
मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए ।मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ । सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् ।
सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ । रौतहट सहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन् ।