शीर्षकहरू

सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्न आदेश

सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत मोरङले उमागौरी सहकारी संस्थाको रकम हिनामिनामा मुछिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारीको रकम ठगी प्रकरणमा मुछिएकी कोइराला बुधबार बुधबार जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

गएको मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीसहितका प्रतिवादीलाई २२ करोड रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो । त्यसयता फरार उनी आज अदालतमा उपस्थित भएकी हुन् ।