शीर्षकहरू

लक्ष्मी सनइज बैंकको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर पारित

लक्ष्मी सनइज बैंकको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

आव २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।