काठमाडौं । १०६ मेघावाटको अर्धजलाशययुक्त आयोजनाको ठेक्का प्रकृयमा उर्जामन्त्रीको संलग्नता रहेको भनि समाचार प्रकाशन भएको थियो । उक्त विषयमा प्राईम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रममा अन्तरवार्ता दिने क्रममा जगदुल्ला हाईड्रोपावर कम्पनी लिको ठेग्का छनोट प्रकृयामा उर्जामन्त्री दीपक खड्काको संलग्नता नरहेको कम्पनीका कार्यकारी अधिकृत सञ्जय सापकोटाले स्पष्ट पारेका हुन ।
कार्यकारी अधिकृत सापकोटाले भने, ‘उर्जामन्त्री दीपक खड्काले ठेक्का निश्चित व्यक्तिलाई दिनु भनी कहिलै पनि दवाव दिनु भएको छैन ।’ मुल्याङकन समितिल छनोट गर्ने हुँदा ठेग्का छनोट प्रकृयामा उर्जामन्त्री दीपक खड्काको भूमिका हुदैन उनले भने ।
जगदुल्ला हाईड्रोपावर कम्पनीले सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम पिपीएमओ अन्र्तगत अनलाईन मार्फत टेन्डर आव्हान गरेको जनाएको छ । आवेदन दिने निर्माण व्यवसायीहरुको टेन्डरमा उल्लेखित प्राविधिक पक्षको मापदण्ड नपुगेको हुँदा टेन्डर नै खारेज गरेको भनी कार्यकारी अधिकृत सापकोटाले प्रष्ट पारेका छन । टेन्डरको सम्वन्धमा अख्यितार दुरुपयोग आयोगवाट हालसम्म कुनै पनि सोधपुक्ष नगरेको भनी सापकोटाले प्रष्ट पारे ।
२०८१ साल जेष्ठ २० गते अर्थात सन २०२४ जुन २ मा प्रकाशन भएको टेण्डर रद्द गरिएको छ भन्ने सूचना जगदुल्ला हाईड्रोपावर कम्पनी लिको वेइभसाइईटमा प्रकाशन गरेको देखिन्छ । जगदुल्ला हाईड्रोपावर कम्पनी लिले प्रकाशन गरेको टेन्डरको सूचना हेर्दा देखिन्छ ।