शीर्षकहरू

लघु वित्तीयका ऋणीमाथि ज्यादती नगर्न राष्ट्र बैंकको निर्देशन

लघु वित्तीयका ऋणीमाथि ज्यादती नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु वित्तीय संस्थाहरुलाई कर्जा असुली गर्दा ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । अनावश्यक रुपमा ऋणीलाई फोन नगर्न र ऋणीको परिवार, साथी तथा सहकर्मीको अपमान हुने कुनै पनि गतिविधि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

लघुवित्तका ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउने नयाँ व्यबस्था गरेको छ ।  एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् ।

त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । लघु वित्तका कर्मारीले ऋणीमाथि धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग पाउने छैन ।

nullnullnull