काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा माघ १५ गते बोलाएको छ । कम्पनीले नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि शेयरधनीको हात खाली हुनेछ ।
सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन् ।