काठमाडौँ । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मंगलबार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारीका अध्यक्ष फणिन्द्र मगर सहकारी ठगी आरोपमा विगत एक वर्षदेखि कारागारमा छन् । मगर र अन्य सञ्चालकहरूमाथि १३ हजार बचतकर्ताको करिब ६१ करोड रुपैयाँ अपचलन तथा ठगी गरेको आरोप छ ।
गत पुसमा कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा सरकारले अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । अब उक्त सहकारीको सबै व्यवस्थापनको कार्य उक्त समितिले गर्नेछ ।