शीर्षकहरू

६.१६ अंकले बढ्यो नेप्से, ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार

६.१६ अंकले बढ्यो नेप्से, ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर दुई हजार ६४६ बिन्दुमा बजार बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.८९, फ्लट इन्डेक्स ०.२७ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०७ अंकले बढेको छ ।

आज १३ मध्ये ४ उपसमूहको शेयर घट्दा ८ उपसमूहको शेयर बढेको छ भने लगानी समूहको स्थिर छ । कारोबारमा आएका २४३ कम्पनीमध्ये १२६ कम्पनीको शेयर बढ्दा १०७ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयर भने स्थिर रहेको छ ।

यसदिन शी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको शेयर १० प्रतिशतले घटेको छ ।

यसदिन कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता शेयर किनबेच भएकोमा आज ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर कारोबार भएको छ ।