काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीले सञ्चालक समितिमा सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी रीता पौडेलले व्यक्तिगत कारण देखाइ दिएको राजीनामा स्वीकृत गरेको हो ।
पुस १७ गतेदेखि लागू हुने गरी कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठले पौडेलको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।