शीर्षकहरू

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, नेपाल र चीनको बोर्डर केन्द्रविन्दु

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, नेपाल र चीनको बोर्डर केन्द्रविन्दु

काठमाडौं । आज विहान नेपाल र भारतमा समेत हल्लाएको भूकम्पको केन्द्र बीन्दु चीन भएको अनुमान गरिएको छ । चीनमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ ।  बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । 

प्राम्भिक जानकारीका अनुसार झापामा पनि ठूलो धक्का महशुस गरिएको छ ।  पाँच सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । नेपालको पूर्वझापासम्म भूकम्पको धक्का महशुस गरिएको छ । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । 

भारतको बिहारमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल भएको प्राम्भिक अनुमान रहेको छ । विहारको मोतिहारी, समस्तीपुरलगायत बिहारका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।