काठमाडौँ । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको पोशाकको दुरुपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिची विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भनी ठग्ने सुदीप थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उनलाई सूचनाको आधारमा आइतबार गतेकागेश्वरी मनोहरा नगरपालिका ७ थापाचोकबाट नियन्त्रणमा लिइएको हो ।
साथमा प्रहरी निरीक्षकको परिचय पत्र किर्ते गरी बनाउने कार्यमा संलग्न कोटेश्वरस्थित रहेको मार्शल प्रिन्टिङ प्रेशका संचालक किशोर कुमार चौधरीलाई पनि पक्राउ गरिएको जानकारी सूचना अधिकारी आचार्यले दिए ।
उनीहरुविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसूर (मुद्दामा) थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ, भद्रकाली पठाइएको छ ।