काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । तनहुँको दुलेगौंडा शाखाको बैंकका अध्यक्ष जयती बन्सलले उद्घाटन गरेकी हुन् ।
साथै उनले दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारी चोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको कर्पोरेट कार्यालय कमलादीबाट भर्चुअल्ली उद्घाटन गरेकी हुन् ।
तनहुँमा भएको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार दे, संचालक, श्री पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, श्री रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कूमार पाण्डे, प्रमूख संचालन अधिकृत विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकका विस्थारित नयाँ शाखाले ग्राहक वर्गहरुमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।