काठमाडौँ । लामो समयदेखि सामान्य अंकको वृद्धि र फराकिलो रुपमा ओरालो लाग्दै आएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक सोमबार बाउन्स ब्याक भएको छ । यसदिन नेप्से ४९.१२ अंकले बढेर दुई हजार ६४०.६८ को बिन्दुमा बजार बन्द भएको छ ।
यसदिन सेन्सेटिभ इन्डेक्स ६.६९, फ्लट इन्डेक्स ३.१८ र सेन्सेटिभ फ्लट इन्डेक्स २.२५ अंकले बढेको छ भने १३ वटै उपसमूह बढेका छन् । आज आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट लागेको छ ।
यस्तै सुपर मादी हाइड्रोपावरको शेयर ९.७०, साहस ऊर्जाको ८.७१ र मायाखोला हाइड्रोपावरको शेयर ८.५९ अंकले बढेको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको १ करोड ५४ लाख ६१ हजार कित्ता शेयर कारोबार भएको छ ।