शीर्षकहरू

नेपाल इन्स्योरेन्सकाे २१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर निष्काशन

नेपाल इन्स्योरेन्सकाे २१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर निष्काशन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २२ गतेदेखि २१ हजार १३३ कित्ता संस्थापक शेयर निष्काशनमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २८० रुपैयाँ अंकित मूल्यमा यी शेयर निष्काशनमा ल्याएको हो । 

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र निष्कासन गर्दा वितरण हुन नसकेपछि कम्पनीले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर जारी गरेको हो । इच्छुक खरिदकर्ताहरुले पुस २९ गतेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ता शेयर माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ ३ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।