काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा बोलाएको छ । माघ १४ गतेका लागि काभ्रेको बनेपास्थित बनेपा पार्टी भेन्युमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।
आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयसमेत टुङ्ग्याउनेछ । सञ्चालक समितिमा संस्थापक तर्फबाट चार जना र सर्वसाधारण समूहतर्फ २ जना निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । यस वर्ष लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् ।
अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १ गते सार्वजनिक विदा परेकाले पुस २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।