शीर्षकहरू

सिबिआईएल क्यापिटलको साधारण सभा माघ ८ गते, प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव

सिबिआईएल क्यापिटलको साधारण सभा माघ ८ गते, प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले माघ ८ गते दोस्रो विशेष साधारण सभा बोलाएको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय कुपण्डोल , ललितपुरमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको नाम परिवर्तन गर्ने र त्यसका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएकाले त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

बुक क्लोजको आधारमा पुस २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।