काठमाडौं– नेपाल एसबीआई बैंकले शेयरधनीहरुलाई १०.६५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आइतबार भएको बैंकका शेयरधनीको ३१ औँ वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौँमा सम्पन्न भएको सभाले शेयरधनीहरुलाई ३.८०% बोनस शेयर र ६.८५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले बैंकको आ.व. २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ वार्षिक आर्थिक विवरण समेत पारित गरेको छ । बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेण्ट बैकिङको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।