नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा इन्टरनेशल डे अफ फेमेली रेमिट्यान्सको अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिति रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैरबैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरको विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो ।
रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुसमेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसंग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाज्यूले आफ्नो मन्तव्य राख्नुहँदै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराएकी थिइन । त्यस्तै, वैधानिक तबरले रेमिट्यान्स भि¥याउन र रेमिट्यान्सलाई डिजिटाईज्डतर्फ अगाडि लान सबैले पहल गनुपर्ने र रेमिट्न्ससँग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताइन ।
यसैगरी नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिर र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।
यसैक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरले प्रतिस्पर्धि संस्थाहरु एकआपसमा स्वस्थ प्रतिस्पर्धा गरी आफ्ना क्रियाकलाप गर्नुपर्ने, समयमै अनुमतिपत्र नविकरण गराएर आफ्नो कारोबार नियमिततापूर्वक गर्नुपर्ने र रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि नियामक निकायका हैसियतबाट नेपाल राष्ट्र बैंकको निति निर्देशनको परिधिभित्र रहेर सहयोग गर्न नेपाल राष्ट्र बैंक सदैव तयार रहेको बताए ।
साथै यसैगरी अर्का अतिथी नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेका नियमकानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न सुझाव दिए । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको वर्तमान अवस्था र रेमिट्यान्स कम्पनी र नियामक निकायबाट सुधार गर्नुपर्ने कुराहरुमाथि प्रकाश पार्नुभएको थियो भने, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले समसामयिक विषयमा आ आफ्नो भनाई राखेका थिए ।