शीर्षकहरू

नेप्से सामान्य अंकले वृद्धि हुँदा पाँच कम्पनीमा सर्किट

नेप्से सामान्य अंकले वृद्धि हुँदा पाँच कम्पनीमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक सामान्य अंकले वृद्धि भएको छ । यो हप्ताको पहिलो दिन आइतबार नेप्से ५.३२ अंकले वृद्धि भएर नेप्से दुई हजार पाँच सय ९१ दशमलब ५६ अंक विन्दुमा पुगेको छ । आज ४ अर्ब ८६ करोृड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज १४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९४ वटा शेयरको मूल्य घटेको छ । आज ८ कम्पनीको शेयरमूल्य यथावत रहेको नेप्सेल जनाएको छ । त्यस्तै, आज पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्त, डोर्दी जलविद्युत कम्पनी, ग्रिनभेन्चर, ग्रीन डेभलपम्मेन्ट बैंक,समूदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो ।