शीर्षकहरू

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको १३ प्रतिशत लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कोषले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजना समेतका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 उक्त प्रस्ताव पारितका लागि कोषले पुस २९ गते कोषको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे वार्षिक साधारण सभा गर्न लागेको छ । उक्त सभा प्रयोजनका लागि कोषले पुस २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन ।