शीर्षकहरू

श्रीलंकाको कर राजस्व सङ्कलनमा वृद्धि

श्रीलंकाको कर राजस्व सङ्कलनमा वृद्धि

कोलम्बो । सन् २०२४ मा इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको यहाँको श्रीलंकाको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । सरकारका कार्यक्रम र प्रगतिबारे जानकारी गराउन गरिने नियमित पत्रकार सम्मेलनमा क्रममा विभागका आन्तरिक राजस्व आयुक्त सेपालिका चन्द्रशेखरले इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिएका हुन । 

कर तथा राजश्व कार्यालयले सन् २०२४ मा कुल एक हजार ९५८ अर्ब भारु (करिब ६.७ अर्ब अमेरिकी डलर) कर राजस्व आर्जन गर्न सफल भएको छ । यो सन् २०२३ को तुलनामा कुल कर राजस्वमा तीन खर्ब ९२ अर्ब रुपैयाँ ९करिब १ अर्ब ३३ करोड डलर० को वृद्धि हो ।