शीर्षकहरू

चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक

चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक

काठमाडौं । माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । 

यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो । गीतको भिडियोले यस चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि  उब्जाएको छ । अभिनेत्री आनासंगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।

गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीतले गीतलाई झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।

चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह–निर्माता अनीश भुसाल रहेका छन् । चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् । सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।