काठमाडौँ । नेपाल बैंक र सिनामंगलस्थित क्रिस्टल डायग्नोस्टिक प्रालिबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र ग्राहकहरूलाई काठमाडौंको क्रिस्टलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिने छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिस्टलका प्रबन्ध निर्देशक रवीन्द्र केसीले हस्ताक्षर गरेका छन् ।