काठमाडौँ । नेपाल बैंक लिमिटेड र नकपुरधाम–०४, कदम चोकमा रहेको सुनैना हस्पिटलबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र खाता रहेका ग्राहकहरूलाई हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।
सम्झौताबमोजिम बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्यसम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुनेछ ।
यस्तै विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा १०० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।