काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ ।
बिगमार्टका, काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेटमा यस्तो व्यवस्था गरिएको हो ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्ट मा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० ५ वा अधिकतम् रु २०० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना भोलि शुक्रबारदेखि आगामी वर्षको पुस १६ गतेसम्म लागू हुनेछ ।