शीर्षकहरू

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

इच्छुक खरीदकर्ताहरुले आगामी ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।