शीर्षकहरू

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सिटिजन्स बैंकले करिब ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

बैंकले ४९ हजार ९२८ दशमलव ८९ कित्तँ संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा निष्काशन गरेको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर निष्कासन गरेको हो ।

प्रतिकित्ता १०२ रुपैयाँ अंकित मूल्यमा निष्कासनमा आएको यी शेयरमा आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।