काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा कर्मचारी माग भएको छ । क्यानले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त रहेको छ ।
सुविधा सम्बन्धी नियमावली २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गर्न सक्ने भएकाले थप कर्मचारी माग भएको हो । योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।