काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा समितिको बैठकले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीं) मा बढुवा गर्न सिफारिस गरेको हो । कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । त्यस्तै, केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन ।