शीर्षकहरू

दिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने

दिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सकिने योजना ल्याएको कम्पनीले जनाएको छ । 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष प्रिमियम विद्युतीय कार खरिद गर्न सकिने भएको  छ  । यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्स पनि पाइने छ । साथै, टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउइने कम्पनीले जनाएको छ ।