शीर्षकहरू

भारतको एक स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

भारतको एक स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो । स्टील प्लान्टका प्रवक्ताले भने, “घटना उपकरणको विफलताको कारण भएको हो ।”

प्लान्टको एक भागमा कोइला जलाउँदा अचानक आगो फैलिएको सुरतका प्रहरी आयुक्त अनुपम सिंह गहलोतले बताए ।