शीर्षकहरू

संस्थापकले नकिनेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सर्वसाधारणमा जारी

संस्थापकले नकिनेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सर्वसाधारणमा जारी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण हुन नसकेपछि १ लाख ९० हजार ६९५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

यसअघि कम्पनीले गत असोज ८ गते विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा वितरण नभएको यी शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुले आगामी ७ दिनभित्र कम्पनीको कन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले यसअघिकै सूचनामा विद्यमान संस्थापकले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी दिएको थियो ।