शीर्षकहरू

चिनियाँ बजारमा न्यानो ज्याकेटको विक्री बढ्यो

चिनियाँ बजारमा न्यानो ज्याकेटको विक्री बढ्यो

एजेन्सी । चीनमा जाडोमा प्रयोग हुने बाहिरी ज्याकेटको बिक्री बढेको छ । फेसनका रुपमा लिइने थ्री–इन–वन बाहिरी ज्याकेट सबै उमेर समूहका मानिसहरुले रुचाएका पनि छन् । धेरै विक्री भएका ज्याकेटहरु वाटरप्रूफ खोल र भित्री भागमा तातो ऊन समावेश गरिएको छ । यस्ता ज्याकेटहरु बाहिर र भित्र अफिसमा काम गर्नेहरुले पनि रुचाएका छन् ।

ग्राहकहरुले यस्ता ज्याकेटलाई कार्यस्थलमा बढी उपयोगी ठानेका छन् भने फेसन र स्टाइलिश पनि भनेका छन् । यस्ता ज्याकेटहरुको माग बढेसँगै पूर्वी चीनको झेजियाङ प्रान्तको सानमेन काउन्टीमा, स्थानीय ज्याकेट निर्माताहरू नयाँ अर्डरहरू लिनका लागि व्यस्त भएका छन् ।प्रमुख चिनियाँ ई–कमर्स प्लेटफर्महरुका अनुसार बाहिरी ज्याकेटको अनलाइन बिक्री सेप्टेम्बरदेखि नोभेम्बरको तीन महिनाको अवधिमा तीन गुणाले बढेको छ ।

nullnullnull

(सीसीटीभीप्लस)