शीर्षकहरू

महालक्ष्मी विकास बैंकद्वारा कर्णालीका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्वारा कर्णालीका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) पास गरी काठमाण्डौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यत्रमका बिच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको छ ।

यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहानामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास आफूहरूले लिएको बैंकले जनाएको छ ।