काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट,वन इट’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर रहेको कम्पनीले जनाएको छ । यो सीमित अवधिको योजना २०७९ पुष १० देखि लागु हुने कम्पनीले जनाएको छ।
‘ड्रिम इट,वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ। ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहा मोटरसाइकल किन्न सकिने छ । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ईएमआई योजना रोज्ने सुविधा पनि दिएको कम्पनीले दावी गरेको छ।
यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइड एण्ड विन’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपक कुमार अग्रवालले यस योजनाको बारेमा यसो भने, ‘ड्रिम इट,वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ। यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ।’