शीर्षकहरू

काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं ।  काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण काठमाडौं उपत्यका पश्चिम वितरण प्रणालीको सुदृढीकरणका लागि विद्युत आपूर्ति बन्द गर्ने भएको प्राधिकरणले जनाएको छ । 

विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरणकेन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । सो कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्यस्तै, शंखमूल अन्तर्गतको दोभान पुल वरिपरिका क्षेत्रमा पनि बिजुली नहुने प्राधिकरणले जनाएको छ । त्यस्तै, १८ गते फिक चोकदेखि बाबाचोक, १९ गते त्रिभुवन विश्वविद्यालयवरिपरिको क्षेत्र र २१ गते कीर्तिपुर रिङरोड क्षेत्रमा ४ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । 


त्यसैगरी २२ गते कलंकीदेखि थानकोटसम्म, २३ गते महादेव खोला पुलदेखि तीनकुनेसम्म, २४ गते पुनः त्रिभुवन विश्वविद्यालय क्षेत्र, २५ गते स्युचाटार क्षेत्र र २६ गते पुनः महादेव खोला पुलदेखि तीनकुने क्षेत्रसम्म बिजुली हुनेछैन ।